NIMB Header 2
Nepal Life

चिरख्वा हाइड्रोको हकप्रद निष्काशनका लागि आरविवि मर्चेन्ट नियुक्त

IME LIFE
  • BFIS News
  • 2026 May 25 11:21
चिरख्वा हाइड्रोको हकप्रद निष्काशनका लागि आरविवि मर्चेन्ट नियुक्त
United Ajod

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेड ले हकप्रद शेयर निष्काशन प्रक्रिया व्यवस्थापनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Nepal Life
NIMB

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको जनाएको छ। प्रस्तावित हकप्रद निष्काशनबाट कम्पनीले ४० करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। हकप्रद शेयर हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा जारी गरिने जानकारी दिइएको छ।

यस सम्बन्धमा भएको सम्झौतापत्रमा चिरख्वा हाइड्रोपावरका कार्यकारी अध्यक्ष दीपक राई तथा आरविवि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल ले हस्ताक्षर गरेका छन्। सम्झौता २०८३ जेठ ६ गते सम्पन्न भएको कम्पनीले जनाएको छ।

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेड को पूर्ण स्वामित्वमा रहेको सहायक संस्था हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया