NIMB Header 2
Nepal Life

समस्याग्रस्त पाँच सहकारीका ऋणीहरूको नामावली सार्वजनिक

IME LIFE
  • BFIS News
  • 2026 May 26 11:41
समस्याग्रस्त पाँच सहकारीका ऋणीहरूको नामावली सार्वजनिक
United Ajod

काठमाडौं ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

Nepal Life
NIMB

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको उक्त समितिको कार्यालयले सोमबार सूचना जारी गर्दै पाँच सहकारी संस्थासँग सम्बन्धित ऋणीहरूको विवरण सार्वजनिक गरेको हो।

समितिका अनुसार विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको सूची सार्वजनिक गरिएको छ। साथै, गत चैत १३ गते समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली पनि समावेश गरिएको छ।

समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। ऋण चुक्ता गरिसकेका तर सूचीमा नाम परेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

त्यसैगरी, ऋण चुक्ता नगरेका सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता भुक्तानी गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र ऋण असुली नभएमा कानुनअनुसार कारबाही गरी रकम असुल गरिने समितिको सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया