NIMB Header 2
Nepal Life

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेट परिमार्जन, लागू जेठ १६ देखि

IME LIFE
  • BFIS News
  • 2026 May 27 11:04
स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेट परिमार्जन, लागू जेठ १६ देखि
United Ajod

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड ले स्वास्थ्य बीमा अन्तर्गत प्रदान गरिने सेवा प्याकेज ‘सुविधा थैली’ को दररेट परिमार्जन गरेको छ।

Nepal Life
NIMB

स्वास्थ्य बीमा लागू भएयता पहिलो पटक औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशाला परीक्षणका दरहरू पुनः निर्धारण गरिएको हो।

बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति का अनुसार नयाँ दररेट सबै सेवा प्रदायक स्वास्थ्य संस्थामा लागू हुनेछ। परिमार्जित दरअनुसार औषधि, स्वास्थ्य सेवा तथा परीक्षण शुल्क लिन सम्बन्धित संस्थालाई निर्देशन दिइएको छ। नयाँ दररेट जेठ १६ गतेदेखि लागू हुने उनले जानकारी दिइन्।

बोर्डले विगत १० वर्षका दाबी विवरण, सेवा उपभोग तथ्याङ्क, विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त दर, चिकित्सकीय सान्दर्भिकता, लागत विश्लेषण, रोगको भार तथा स्वास्थ्य प्रणालीको वित्तीय दिगोपनलाई आधार मानेर दररेट संशोधन गरिएको जनाएको छ।

सूचना अधिकारी विकेश मल्ल का अनुसार बोर्डको वित्तीय अवस्था, दायित्व तथा स्वास्थ्य सेवा उपयोगको दरलाई ध्यानमा राखेर नयाँ दर तय गरिएको हो। उनले बोर्डमाथि पर्ने आर्थिक चाप घटाउने उद्देश्यले सुविधा थैली परिमार्जन गरिएको बताए।

नयाँ व्यवस्था अनुसार औषधिको सूची औषधि व्यवस्था विभाग, प्रयोगशाला परीक्षणका मापदण्ड राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य सेवाका दर सरकारी अस्पतालका आधारमा निर्धारण गरिएको जनाइएको छ।

बोर्डले यसअघि सञ्चालनमा रहेका केही दोहोरिएका कार्यक्रमहरू, जस्तै आमा सुरक्षा कार्यक्रमका केही व्यवस्थालाई पुनरावलोकन गर्दै सूचीबाट हटाइएको जनाएको छ।

सूचना अधिकारी मल्लका अनुसार अब बीमितलाई उपलब्ध हुने औषधिको संख्या पनि घटाइएको छ। यसअघि १ हजार २८९ प्रकारका औषधि उपलब्ध गराइँदै आएकोमा अब १ हजार १७० प्रकारका औषधि मात्र समावेश गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया