NIMB Header 2
Nepal Life

 ३१ सरकारी निकाय खारेज गर्ने सरकारको घोषणा, प्रशासनिक पुनःसंरचना अघि बढाइने

IME LIFE
  • BFIS News
  • 2026 May 29 16:55
 ३१ सरकारी निकाय खारेज गर्ने सरकारको घोषणा, प्रशासनिक पुनःसंरचना अघि बढाइने
United Ajod

काठमाडौँ, जेठ १५ गते । सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने घोषणा गरेको छ ।

 

Nepal Life
NIMB

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रशासनिक संरचना सुधारका लागि व्यापक पुनःसंरचना अघि बढाइने जानकारी दिनुभयो । उहाँका अनुसार ३१ निकाय खारेज, ६ निकाय मर्ज, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनःसंरचना गरिनेछ ।

अर्थमन्त्री वाग्लेले कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादनयुक्त र जवाफदेही बनाउने उद्देश्यले राष्ट्रसेवक तथा सुरक्षा निकायका कर्मचारीको सेवासुविधा निरन्तर सुधार गरिने बताउनुभयो । साथै, आगामी आर्थिक वर्षमा सरकारको साधारण खर्चमा कडा मितव्ययिता अपनाइने पनि उहाँले जानकारी दिनुभयो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया