NIMB Header 2
Nepal Life

सुरक्षित मातृत्वसम्बन्धी विधेयक संसदमा लैजाने तयारी, आमालाई ६ महिनासम्म तलबसहितको प्रसूति बिदा

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 16 11:56
सुरक्षित मातृत्वसम्बन्धी विधेयक संसदमा लैजाने तयारी, आमालाई ६ महिनासम्म तलबसहितको प्रसूति बिदा
United Ajod

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानुन संशोधन विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्।

Nepal Life
NIMB

मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि विधेयक तयार भइसकेको र अब मन्त्रिपरिषद्को प्रक्रियापछि संसदमा लैजाने तयारी भइरहेको जानकारी दिएकी हुन्।

बदलिँदो जीवनशैली, व्यस्तता र कामको चापका कारण पछिल्लो समय धेरै परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका सन्दर्भमा नवजात शिशु तथा परिवारलाई पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारीसमेत भएको उनको भनाइ छ।

प्रस्तावित संशोधनमा आमालाई कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा उपलब्ध गराउने व्यवस्था राखिएको छ। त्यस्तै, बुबाका लागि ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदाको प्रस्ताव गरिएको छ।

मन्त्री गौतमका अनुसार प्रस्तावित व्यवस्थाले सुरक्षित मातृत्वसँगै अभिभावकत्वको जिम्मेवारीलाई पनि नीतिगत रूपमा सम्बोधन गर्नेछ।

उनले बच्चा जन्माउने प्रक्रिया आमासँग प्रत्यक्ष रूपमा जोडिए पनि बच्चाको पालनपोषण आमाको मात्रै जिम्मेवारी नभएको धारणा सार्वजनिक गरेकी छन्। प्रस्तावित कानुनी व्यवस्थाले आमासँगै बुबालाई पनि नवजात शिशुको हेरचाहमा समय दिन सक्ने वातावरण निर्माण गर्ने उनको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया