मुक्तिनाथ विकास बैंकको फाइदा एपमा ‘सेल्फ-रिन्यु’ सुविधा सुरु
- BFIS News
- 2026 May 31 20:08
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ-रिन्यु’ सुविधा थप गरेको छ। यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकहरूले घरमै बसेर सहज रूपमा एप नवीकरण गर्न सक्नेछन्। एपमा लगइन गर्दा एक्सपाइरी पपअप देखिएपछि ‘Renew Now’ मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि नवीकरण शुल्कसम्बन्धी जानकारी आएपछि ‘Continue’ थिचेर आफ्नो Transaction Pin प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ।
बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको जनाएको छ। मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन्।
एपमा उपलब्ध सेवाहरूमा मिनी स्टेटमेन्ट हेर्न सकिने, सेभिङ तथा ऋण खातासहितको अकाउन्ट ड्यासबोर्ड, फिङ्गरप्रिन्टमार्फत बायोमेट्रिक लगइन सुरक्षा, ग्राफिकल स्टेटमेन्ट तथा ड्यासबोर्ड सुविधा रहेका छन्।
यसैगरी क्युआर कोड मार्फत विभिन्न मर्चेन्टमा भुक्तानी, नेपाल टेलिकम तथा एनसेल मोबाइल टपअप, नेपाल टेलिकम ल्यान्डलाइन र एडिएसएल भुक्तानी, डिसहोम, ब्रोडलिङ्क इन्टरनेट लगायतका रिचार्ज सेवा, इसेवा वालेट लोड, व्यक्तिगत क्युआर कोड, विद्युत्, एयरलाइन्स, इन्टरनेट, डिम्याट, मेरो शेयर, टिभी, शिक्षा शुल्क तथा खानेपानी महसुल भुक्तानी सेवा पनि उपलब्ध रहेको बैंकले जनाएको छ।
त्यसैगरी इन्टरनेटबिना SMS Banking सेवा, Intra-bank Fund Transfer, Scheduled Payment, ATM Card Renewal Request, E-commerce Activation Request, Fixed Deposit Request तथा Loan Against Fixed Deposit Request जस्ता सेवाहरू पनि एपमार्फत लिन सकिने व्यवस्था गरिएको छ।
मुक्तिनाथ फाइदा एप Fonepay सँग एकीकृत भएकाले ग्राहकहरूले अन्तरबैंक रकम ट्रान्सफर तथा मर्चेन्ट पेमेन्ट सेवा पनि सहज रूपमा उपयोग गर्न सक्छन्। बैंकले डिजिटल बैंकिङलाई अझ सुरक्षित, सहज र छरितो बनाउन आगामी दिनमा थप प्रविधिमैत्री सेवा विस्तार गर्दै लैजाने लक्ष्य लिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया