NIMB Header 2
Nepal Life

कुमारी बैंक र हेल्भेटास नेपालबीच हरित अर्थतन्त्र प्रवर्द्धन गर्न समझदारी

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 20 15:40
कुमारी बैंक र हेल्भेटास नेपालबीच हरित अर्थतन्त्र प्रवर्द्धन गर्न समझदारी
United Ajod

काठमाडौं, भदौ ४ गते । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच हरित अर्थतन्त्रमा संलग्न उद्यमी, कृषक तथा व्यवसायको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

 

Nepal Life
NIMB

समझदारीको मुख्य उद्देश्य नेपालमा विकसित हुँदै गरेको हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा मूल्य शृङ्खलाका अन्य साझेदारलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराउनु हो।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन्।

सहकार्यअन्तर्गत दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच विस्तार र मूल्य शृङ्खला वित्तीयकरणलाई प्राथमिकता दिनेछन्। यसले समावेशी आर्थिक विकास, उद्यम प्रवर्द्धन तथा मूल्य शृङ्खला सुदृढीकरणमा हेल्भेटास नेपालको अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता र सेवा सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ।

कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यम विकासमा लागेका व्यवसाय तथा उद्यमीलाई वित्तीय स्रोतसँगै आवश्यक व्यवसायिक क्षमता विकासमा समेत बैंकले सहयोग गर्ने बताए। उनले सहकार्यले हरित तथा जलवायु–उत्थानशील नेपाल निर्माणमा योगदान पुर्‍याउँदै व्यवसायीको वित्तीय पहुँचलाई दिगो बनाउन सहयोग गर्ने बताए।

उनका अनुसार कुमारी बैंकको वित्तीय विशेषज्ञता र हेल्भेटास नेपालको उद्यम विकास तथा समावेशी मूल्य शृङ्खलासम्बन्धी अनुभवलाई एकीकृत गरी सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासका दीर्घकालीन आधारका रूपमा विकास गर्न सहयोग पुग्नेछ।

सहकार्यले वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृङ्खलामा संलग्न अन्य सरोकारवालाबीच प्रभावकारी सम्बन्ध विस्तार गर्ने अपेक्षा गरिएको छ। वित्तीय पहुँच विस्तारसँगै उद्यमीले प्राप्त स्रोतलाई प्रभावकारी रूपमा परिचालन तथा व्यवस्थापन गर्न सक्ने क्षमता विकासमा समेत जोड दिइनेछ।

कुमारी बैंकले आफ्ना शाखा तथा सेवा सञ्जालमार्फत कार्यक्रमलाई लक्षित समुदायसम्म विस्तार गर्ने जनाएको छ। बैंकका अनुसार हाल २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ भन्दा बढी पीओएस टर्मिनल सञ्चालनमा छन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया