NIMB Header 2
Nepal Life

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्ट पोखरामा २० प्रतिशतसम्म छुट

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 18 19:15
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्ट पोखरामा २० प्रतिशतसम्म छुट
United Ajod

काठमाडौँ, भदौ २। मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरूले पोखरास्थित बरपिपल रिसोर्टमा खाना, आवास तथा स्पा सेवामा विशेष छुट पाउने भएका छन्।

Nepal Life
NIMB

बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बरपिपल रिसोर्ट पोखरा (Bar Peepal Resort Pokhara) सँग विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा उपलब्ध खाना, बसाइ तथा स्पा सेवामा १० प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि बसाइ सुविधासहित ब्रेकफास्ट, लन्च र डिनर निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।

उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रस्तुत गर्नुपर्नेछ। वैकल्पिक रूपमा, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गरेर पनि सुविधा लिन सकिनेछ।

यसैबीच, बैंकले ग्राहकलाई लक्षित गर्दै आधारदरमा शून्य प्रतिशत प्रिमियम मा लगानी गर्न सकिने अटो लोनसमेत सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार उक्त योजनाले सवारीसाधन खरिदका लागि कर्जा लिन चाहने ग्राहकलाई थप सुविधा प्रदान गर्नेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया