NIMB Header 2
Nepal Life

आइएमई लाइफ इन्स्योरेन्स नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 17 17:36
आइएमई लाइफ इन्स्योरेन्स नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश
United Ajod

काठमाडौं, साउन ३२ गते । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ ।

 

Nepal Life
NIMB

कम्पनी २०६५ असोज १५ गते दर्ता भएको थियो भने २०७४ भदौ १ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको हो । सञ्चालनको छोटो अवधिमै कम्पनीले बीमित तथा शेयरधनी दुवैलाई उचित प्रतिफल दिन सफल भएको जनाएको छ ।

न्यूनतम चुक्तापुँजी वृद्धिका लागि मर्जरको विकल्प नरोजी कम्पनीले प्रिमियम मूल्यमा साधारण शेयर जारी गरी पुँजी वृद्धि गरेको थियो । हाल कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने शेयर प्रिमियमबापत ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले प्रिमियम मूल्यमा शेयर खरिद गरेका साधारण शेयरधनीलाई पहिलो वर्षमै २५ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापुँजी ४ अर्ब रुपैयाँबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्‍याएको थियो ।

गत आर्थिक वर्षसम्म कम्पनीको जीवन बीमा कोष ३९.४० प्रतिशतले वृद्धि भई १८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमा कोषमा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ ।

समीक्षा वर्षमा कम्पनीले ७ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.८६ प्रतिशत बढी हो । बीमाशुल्क संकलनमा भएको वृद्धिले कम्पनीको व्यवसाय विस्तारमा सुधार देखिएको छ ।

गत आर्थिक वर्षमा कम्पनीले ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.६८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३५.६६ रुपैयाँ रहेको छ ।

हाल कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रामहरि अर्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार खड्का रहेका छन् ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना ग्राहक, नियामकीय निकाय, सरोकारवाला तथा सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । आगामी दिनमा अझ गुणस्तरीय बीमा सेवा प्रदान गर्दै व्यवसायलाई थप विस्तार गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया