नेपाल लाइफको राष्ट्रिय सम्मान कार्यक्रममा विवाद सिर्जना गर्न खोज्ने विरुद्ध अभिकर्ता संघको ध्यानाकर्षण
- BFIS News
- 2026 Aug 20 11:39
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक केन्द्रीय समिति नेपाल लाइफले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको राष्ट्रिय सम्मान कार्यक्रमका क्रममा केही व्यक्ति तथा समूहले अनावश्यक विवाद सिर्जना गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
संघले जारी गरेको ध्यानाकर्षणपत्रमा देशभरबाट उत्कृष्ट कार्य गरेका नेपाल लाइफका अभिकर्ताहरूको राष्ट्रिय सम्मान कार्यक्रम भदौ ३ गतेदेखि काठमाडौंस्थित होटल याक एन्ड यतिमा सञ्चालन भइरहेको छ।
कार्यक्रम सञ्चालन भइरहेका बेला केही गैरअभिकर्ता तथा संघको नाम प्रयोग गर्ने व्यक्तिहरूले संघसम्बन्धी हरहिसाबमा अनियमितता गरेको, कागजात बरबुझारथ नगरेको तथा अर्को संगठन गैरकानुनी रूपमा दर्ता गरिएको दाबी गर्दै विवाद सिर्जना गर्न खोजेको संघको आरोप छ। त्यस्ता गतिविधिले राष्ट्रिय सम्मान कार्यक्रमको गरिमा प्रभावित पार्ने प्रयास भएको संघले जनाएको छ।
संघका अनुसार अन्य कम्पनीमा कार्यरत अभिकर्तासमेत कार्यक्रममा बाहिरबाट बोलाई हुलहुज्जत गर्ने प्रयास भएको थियो। साथै, नेपाल लाइफलाई बदनाम गर्ने उद्देश्यले कार्यक्रमसँग प्रत्यक्ष सम्बन्ध नभएका विषयलाई जोडेर भ्रामक प्रचार गरिएको र देशका विभिन्न स्थानबाट सम्मान ग्रहण गर्न आएका अभिकर्ताहरूको मानमर्दन गर्ने प्रयास भएको दाबी गरिएको छ।
नेपाल लाइफको व्यवसायिक गतिविधिमा असर पार्ने उद्देश्यले केही सञ्चारकर्मीलाई समेत प्रयोग गरी गलत प्रचार गर्ने प्रयास भएको संघको भनाइ छ। यद्यपि, राष्ट्रिय सम्मान कार्यक्रम भने निर्धारित समयअनुसार भव्य र सभ्य रूपमा निरन्तर सञ्चालन भइरहेको संघले स्पष्ट पारेको छ।
संघले यस्ता भ्रामक प्रचार तथा गतिविधिको सम्बन्धित सबै पक्षबाट खण्डन गर्न आग्रह गरेको छ। साथै, उच्छृंखल तथा गलत प्रवृत्तिविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाउन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सम्बन्धित निकायसमक्ष अनुरोध गरेको छ।
संघले जारी गरेको पत्रमा आफूहरूले लगाएका आरोप तथा दाबी सम्बन्धमा आवश्यक प्रमाण र सम्बन्धित पक्षको धारणा समेटेर मात्र समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिइएको छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया