Nepal Life

दिगो विकासका लागि सानिमा बैंकको अग्रसरता, वार्षिक १८ लाख टन कार्वन उर्त्सजन बचत गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 21:40
दिगो विकासका लागि सानिमा बैंकको अग्रसरता, वार्षिक १८ लाख टन कार्वन उर्त्सजन बचत गर्ने
Sanima Reliance

काठमाडौं । दिगो विकासका लागि आर्थिक विकासका साथै वातावरणीय पक्षलाई समेत एकिकृत रुपमा हेर्नुपर्दछ । यसको अर्थ आवश्यकता पुरा गर्ने भावी पुस्ताको सक्षमतामा सम्झौता नगरिकन वर्तमान आवश्यकता पुरा गर्दै जानु भन्ने हुन्छ । संयुक्त राष्ट्र संघले सन् २०१५ मा तय गरेको १७ वटा दिगो विकासका लक्ष्यहरुले दिगो विकासका निम्ति गरिबी उन्मुलन, स्वास्थ्य र शिक्षामा सुधार, समानता, आर्थिक विकास र जलवायु संरक्षणलाई समान प्राथमिकता दिन आवश्यक रहेको बुझाउँछ । नेपालले ती लक्ष्यहरु पुरा गर्न ‘दिगो विकासका लक्ष्यहरुः वर्तमान अवस्था र भावी मार्गचित्र, २०१६–२०३०’ जारी गर्नुका साथै पन्धौं आवधिक योजनामा पनि समावेश गरेको छ ।

NIMB

सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताले विश्वको औसत तापक्रम (preindustrial level) भन्दा माथि २ डिग्री सेल्सियससम्म सिमित राख्ने र सकभर १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने लक्ष्य लिएको छ । उक्त सम्झौताका हस्ताक्षर कर्ताहरुले राष्ट्रिय निर्धारित प्रतिबद्धता (Nationally Determined Commitments (NDC) जारी गर्नुपर्ने भए अनुरुप नेपालले दोस्रो राष्ट्रिय निर्धारित प्रतिबद्धता जारी गरिसकेको छ ।

सानिमा बैंकले दिगो विकासको महत्वलाई मध्यनजर गर्दै 3Ps- People, Planet and Profit को अवधारणलाई आत्मसाथ गरेको छ । यस बैंकले आफ्नो व्यवसायिक योजनाहरु बनाउँदा दिगो विकासको अवधारणालाई समाहित गर्दै लगेको छ । साथै, बैंकले दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रिय र अन्तराष्ट्रिय समुदायालाई सहायता गर्दै आइरहेको छ । आर्थिक तथा सामाजिक जोखिम व्यवस्थापन बैंकले आर्थिक तथा सामाजिक जाखिम न्युनिकरणका निम्ति Environmental and Social Risk Management (ESRM) Guideline बनाएको छ जसको पालना कजाप्रवाह सम्बन्धी निर्णय गर्दा  गरिन्छ । बैंकले खुदा, साना तथा मझौला, कर्पोरेट, परियोजना जस्ता कर्जा स्वीकृत गनु पूर्व ESRM Guideline अनुसार Exclusion List सँग Screening गर्दछ र त्यस्तो कर्जा Exclusion List ;Fu Screening मा परेमा कजा दिन अस्वीकार गर्दछ । Exclusion List मा नपरेका कर्जाको हकमा ESRM Guideline का अन्य प्रावधान हेरी कर्जा स्वीकृत गर्ने/नगर्ने निर्णय गर्दछ । बैंकका एक कर्मचारीलाइ सम्पर्क अधिकारी तोकिएको छ । जसल मासिक रुपमा उच्च आर्थिक तथा सामाजिक जोखिममा रहेका कर्जाहरुबारे जानकारी उच्च व्यवस्थापनलाई गराउँदछ ।

दिगो विकासका लक्ष्यहरु संयुक्त राष्ट्र संघका सदस्यहरुले सन् २०१५ मा १७ वटा दिगा विकासका लक्ष्यहरु तय गरेका छन जुन २०३० सम्ममा प्राप्त गर्ने लक्ष्य लिइएका छ । सानिमा बैंक राष्ट्रलाई ती लक्ष्यहरु पाप्त गर्न सहायता गर्न प्रतिबद्ध रहेको छ । यसका लागि सानिमा बैंकले चालेका केही कदमहरु निम्नानुसार रहेका छन् : 

१. लघु, साना तथा मझौला व्यवसाय प्रवर्द्धनमा International Finance Corporation (IFC) सँग सहकार्य

सानिमा बैंकले International Finance Corporation (IFC) बाट २ करोड अमेरिकि डलर सापटी लिई लघु, साना तथा मझौला व्यवसायमा लगानी गरेको छ । बैंकको यस्तो लगानीबाट रोजगारी सृजना, दिगो विकास, समावेशिता र जलवायु संरक्षण लगायतमा योगदान पुगेको छ । २०८० आषाढ मसान्तमा बैंकको यस्तो लगानी जम्मा लगानीको ३१.७४% रहेको छ । योगदान पुर्याइएका दिगो विकासका लक्ष्यहरुः

लक्ष्य नं ८ – मर्यादित काम र आर्थिक वृद्धि
लक्ष्य नं ९ – उद्योग, नवीन खोज र पुर्वाधार
लक्ष्य नं १० – असमानता न्युनीकरण
लक्ष्य नं १७ – लक्ष्य प्राप्तिका लागि साझेदारी

२. सानिमा बैंक र USAID Trade and Competitiveness Activity बिच सहकार्य

सानिमा बैंक र USAID Trade and Competitiveness Activity बिच सहकार्यका लागि हस्ताक्षर भएको छ । यस सहकार्यबाट बैंकले दिगो वित्तीय प्रोडक्ट तथा सेवामा लघु, साना तथा मझौला व्यवसायको पहुँच पुयाई तिनीहरुलाई प्रवद्र्धन गर्न थप बल/सहयोग प्रदान गरेको छ । योगदान पुर्याइएका दिगो विकासका लक्ष्यहरुः

लक्ष्य नं १ र २ – गरिबीको अन्त्य र भोकमरीको अन्त्य
लक्ष्य नं ८ – मर्यादित काम र आर्थिक वृद्धि
लक्ष्य नं ९ – उद्योग, नवीन खोज र पुर्वाधार
लक्ष्य नं १० – असमानता न्युनीकरण

४. दिगो उर्जामा लगानी

विकसित र विकासशिल देशहरुमा नविकरणीय उर्जाको माग बढ्दो क्रममा रहेको छ । पेरिस सम्झौतामा उल्लेखित सन् २०५० सम्ममा शुन्य खुद उत्र्सजन गर्ने लक्ष्य अनुरुप संसारभरका देशहरु कम उत्सर्जन गर्ने नविकरणीय उर्जामा लगानी गरिरहेका छन् । २०८० आषाढ मसान्तमा बैंकको लगभग १०% लगानी जलविद्युत क्षेत्रमा रहेको छ ।

सानिमा बैंकले नविकरणिय उर्जाको महत्वलाई बुझेर असार मसान्त सम्म कुल कर्जाको करिब दस प्रतिसत कर्जा जलविधुतमा लगानी गरेको छ । योगदान पुर्याइएका दिगो विकासका लक्ष्यहरुः

लक्ष्य नं ७ – किफायती र स्वच्छ उर्जा

लक्ष्य नं १३ – जलवायु संरक्षण

सानिमा दिगो बैंक

यस बैंकले संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी लक्ष्य र NDC मा उल्लेखित उद्देश्यहरुलाई मूर्तरुप दिनका लागि निरन्तर रुपमा देशका आर्थिक, सामाजिक र प्राकृतिक संरक्षणका लागि आफ्नो लगानी सिमान्तकृत समुदाय, जलविद्युत विकास, समाजिक सुरक्षा आदि क्षेत्रहरुमा गर्दै आएको छ ।

यसै अन्तर्गत रही २०८० आषाढ मसान्तसम्ममा यस बैंकको कूल कर्जा मध्य लगभग १७.९० प्रतिशत कर्जा दिगो क्षेत्रहरुमा लगानी भएका छन् ।

Carbon Savings

हाल नेपाल जलविद्युतमा मुलरुपमा आत्मनिर्भर हुन सकिरहेको छैन । उक्त कारणले गर्दा सुख्खायाममा यहाँ रहेको जलविद्युतबाट उत्पादित विद्युतले बजारको आवश्यकतालाई पुर्ति गर्न नसक्ने हुनाले हामीले भारतसँग मुख्यतया कोइलाबाट उत्पादन हुने विद्युत खरिद गर्दै आएका छौं । Intergovernmental Panel on Climate Change (IPCC) (संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको निकाय) का अनुसार कोइलाबाट चल्ने थर्मल पावर प्लान्टहरुले आफ्नो जीवन चक्रमा 820gCOeq/kWh (कार्बन) उर्त्सजन गर्दछन् तर जलविद्युत आयोजनाहरुले भने आफ्नो जीवन चक्रमा (अल्वेडो प्रभाव सहित) जम्माजम्मी 24g CO2eq/kW (कार्बन) उर्त्सजन गर्दछन् ।

माथि उल्लेखित विभिन्न किसिमका परियोजनाहरुबाट हुने कार्बन उर्त्सजनलाई मध्यनजर गर्दा जलविद्युत आयोजनाबाट उर्त्सजन हुने कार्बन कम रहेको देखिन्छ। यस कुरालाई मध्यनजर गर्दै सानिमा बैंकले जलविद्युत परियोजनाहरुलाई प्राथमिकतामा राखेको छ, जसमध्ये सहवित्तीयकरण गरी १९ वटा जलविद्युत परियोजनाहरुमा अगुवा, १ परियोजनामा सह- अगुवा र ५ परियोजनाहरुमा सहभागी भूमिकामा रही तथा २ वटा आफ्नो लगानी गरी करिब ६८३.५७ मेगावाट विद्युत उत्पादनमा यस बैंकको वित्तीय संलग्नता रहेको छ । तद्अनुसार यी जलविद्युत परियोजनाहरुले कोइलाबाट चल्ने थर्मल पावर प्लान्टहरुबाट उर्त्सजन हुने हरितगृह ग्यासको IPCC मापदण्ड अनुरुप र ५० प्रतिशत प्लान्ट दक्षताको आधारमा तुलना गर्दा वार्षिक १८ लाख टन COeq उर्त्सजन बचत गर्ने देखिन्छ ।

Partnership for Carbon Accounting Financials (PCAF)

सन् २०१५ मा सुरु भएको Partnership for Carbon Accounting Financials (PCAF) initiative ले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र खुलासा (Greenhouse Gas (GHG) Accounting) गर्न सहयोग गर्दछ । यसका निम्ति PCAF ले Global GHG Accounting and Reporting Standard for the Financial Industry को विकास गरेको छ । सन् २०२२ सेप्टेम्बर मा PCAF को सदस्यता लिएको सानिमा बैंक हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन तथा खुलासा गर्न प्रतिबद्ध छ । हाल बैंक आफ्नो कर्जा लगानीबाट भएको हरितगृह ग्यास उत्सर्जनको मापन तथा सो पश्चात् खुलासा गर्न कार्यरत रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया