NIMB Header 2
Nepal Life

माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयरसहित लाभांश प्रस्ताव गर्‍यो

IME LIFE
  • BFIS News
  • 2026 Jun 02 09:36
माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयरसहित लाभांश प्रस्ताव गर्‍यो
United Ajod

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Nepal Life
NIMB

कम्पनीको सञ्चालक समितिले बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ। साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूले उक्त लाभांश प्राप्त गर्नेछन्।

कम्पनीले वितरण गर्न प्रस्ताव गरेको बोनस शेयर र नगद लाभांश गत आर्थिक वर्षको नाफाबाट प्रदान गरिने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया