Nepal Life

पूर्वाधार विकास बैंकको कर्जा पनि पुनः तालिकीकरण हुने

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Tue 06:17
पूर्वाधार विकास बैंकको कर्जा पनि पुनः तालिकीकरण हुने
Sanima Reliance

काठमाडौं । पूर्वाधार विकास बैंकले पनि बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक र दैवी प्रकोपबाट प्रभावित परियोजनाको कर्जालाई पुनः तालिकीकरण गर्न पाउने भएको छ ।

NIMB

नेपाल राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन संशोधन गरी पूर्वाधार विकास बैंकले प्रवाह गरेको कर्जाहरू पनि पुनः तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो । यसअघि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई मात्र यस्तो सुविधा दिएको थियो ।

निर्देशनअनुसार बैंकले होटेल तथा रेस्टुराँ, निर्माण क्षेत्रका सिमेन्ट, डन्डी, इँटा/ब्लक, पाइप्स एन्ड फिटिङ्सलगायत उद्योगमा प्रवाहित कर्जा, शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बद्ध कर्जा तथा बाढी, पहिरो, भूकम्पजस्ताप्राकृतिक/दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानी भएको कर्जालाई ऋणीको अनुरोधमा पुनः तालिकीकरण गर्न पाउनेछ । यो काम बुझाउन बाँकी ब्याजको कम्तीमा १० प्रतिशत लिएर उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा मात्र गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्थाले पनि होटेल तथा रेस्टुराँ, पशुपक्षीपालन, निर्माण क्षेत्रसँग सम्बद्ध कर्जा र ५ करोड रुपैयाँसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा पुनः तालिकीकरण तथा पुनः संरचना गर्न सक्ने प्रावधान छ । यसैगरी निर्देशनमा २०७९ चैतमा सक्रिय वर्गमा वर्गीकृत कर्जालाई २०८० पुसभित्र पुनः तालिकीकरण वा पुनः संरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । पुनः तालिकीकरण गरिएको कर्जामा थप ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने र त्यसअघि जुन वर्गमा वर्गीकरण गरिएको । सोही वर्गमा वर्गीकरण गर्नुपर्ने प्रावधान तोकिएको छ ।

यसैगरी पूर्वाधार विकास बैंकलाई पनि शून्य दशमलव ५ प्रतिशत ‘काउन्टर साइक्लिकल बफर’ लागू गर्न निर्देशन दिएको छ । यसअघि वाणिज्य बैंकहरूलाई पनि चालू आर्थिक वर्ष (आव) भित्र शून्य दशमलव ५ प्रतिशत ‘काउन्टर साइक्लिकल बफर’ लागू गर्न राष्ट्र बैंकले निर्देशन जारी गरिसकेको छ । वित्तीय विवरण प्रकाशनका लागि समय थप यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चालू आवको पहिलो त्रैमासको वित्तीय अवस्था प्रकाशन गर्ने समय थप गरेको छ । बैंकहरूले हरेक त्रैमास सकिएको मितिले ७ दिनभित्र वित्तीय प्रतिवेदन प्रकाशन गर्नुपर्ने व्यवस्था रहेकोमा यसपटक भने कात्तिक १७ गतेसम्म दिएको छ । यसपटक दशैंको सार्वजनिक बिदा परेकाले प्रतिवेदन प्रकाशन गर्ने समय थपिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया