NIMB Header 2
Nepal Life

मोबाइल नम्बर वा इमेल परिवर्तन भए तुरुन्त बैंकलाई जानकारी दिन राष्ट्र बैंकको आग्रह

IME LIFE
  • BFIS News
  • 2026 Jun 02 12:35
मोबाइल नम्बर वा इमेल परिवर्तन भए तुरुन्त बैंकलाई जानकारी दिन राष्ट्र बैंकको आग्रह
United Ajod

काठमाडौं, जेठ १९ — नेपाल राष्ट्र बैंक ले ग्राहकलाई आफ्नो मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।

 

Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट सेवा ग्राहकले दर्ता गरेको मोबाइल नम्बर वा इमेलसँग प्रत्यक्ष रूपमा आवद्ध हुने भएकाले यी विवरण परिवर्तन भएमा समयमै अद्यावधिक गर्नु अत्यावश्यक हुन्छ।

सूचनामा भनिएको छ कि मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा जानकारी नदिँदा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ।

त्यसैले कुनै पनि कारणले सम्पर्क नम्बर वा इमेल परिवर्तन भएमा सम्बन्धित बैंक वा वित्तीय सेवा प्रदायकलाई यथाशीघ्र जानकारी दिन राष्ट्र बैंकले सबै ग्राहकलाई सचेत गराएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया