उपत्यकामा २४ घण्टामा २७ लाखभन्दा बढी ट्राफिक जरिवाना संकलन
- BFIS News
- 2026 Jun 02 13:16
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूबाट २७ लाख रुपैयाँभन्दा बढी जरिवाना संकलन गरिएको छ।
जेठ १८ गते बिहान ६ बजेदेखि जेठ १९ गते बिहान ६ बजेसम्मको अवधिमा कुल २ हजार ९३ जना सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सो कारबाहीबाट कुल २७ लाख ३६ हजार ५०१ रुपैयाँ जरिवाना संकलन भएको हो।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९२ जना, अफलाइन राइड सेयरिङ गर्ने १६९ जना, रातो बत्ती उल्लंघन गर्ने १४१ जना, तीव्र गतिमा सवारी चलाउने १०१ जना तथा लेन अनुशासन उल्लंघन गर्ने ८२ जना कारबाहीमा परेका छन्।
त्यसैगरी फुटपाथ तथा निषेधित क्षेत्रमा पार्किङ गर्ने १०५ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ९२ जना, एकतर्फी बाटोमा सवारी चलाउने १२९ जना तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १८२ जना पनि कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियम उल्लंघनमाथि कडाइ गरिएको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया