कुमारी बैंक र बी एण्ड बी अस्पतालबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट
- BFIS News
- 2026 Jun 07 11:46
काठमाडौँ । Kumari Bank Limited र B & B Hospital बीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार बी एण्ड बी अस्पतालबाट प्रदान गरिने inpatient, outpatient, आकस्मिक सेवा तथा औषधि सेवामा कुमारी बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउनेछन्।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
बैंकले ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै देश तथा विदेशका विभिन्न प्रतिष्ठित अस्पतालहरूसँग यस्ता छुटसम्बन्धी सम्झौताहरू गर्दै आएको जनाएको छ।
बदलिँदो समयसँग समन्वय गर्दै सेवा विस्तार र सुधारलाई निरन्तरता दिने तथा आगामी दिनमा अझ व्यापक र सुलभ बैंकिङ तथा स्वास्थ्य सेवा सुविधा सुनिश्चित गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया