Nepal Life

अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग, बजेटका कर दर चुहावट भएको आरोप

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 08 15:51
अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग, बजेटका कर दर चुहावट भएको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले माथि संसदीय छानबिन गर्न माग गरेका छन्।

Nepal Life
NIMB

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले बजेट निर्माण प्रक्रियासँग सम्बन्धित करका दरहरू चुहावट भएको आरोप लगाएका हुन्।

सांसद शाहीले बजेटमा समावेश हुने करसम्बन्धी निर्णयहरू सीमित व्यक्तिलाई मात्र जानकारी हुने दाबी गर्दै कर दर परिवर्तनसम्बन्धी सूचना सार्वजनिक हुनुअघि नै केही सवारीसाधन भन्सार जाँचपास भएको विषयमाथि प्रश्न उठाए। उनले सरकारले गठन गरेको छानबिन समितिले निष्पक्ष अनुसन्धान गर्न नसक्ने भन्दै संसदमार्फत स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरे।

प्रतिनिधिसभामा बोल्दै उनले बजेट प्रस्तुत हुनुअघि करसम्बन्धी सूचना बाहिरिएको आरोपको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए। यदि कर दरसम्बन्धी गोप्य सूचना चुहावट भएको पुष्टि भए कानुनअनुसार जिम्मेवार व्यक्तिमाथि कारबाही हुनुपर्ने उनको भनाइ थियो।

सांसद शाहीले सुशासनको प्रतिबद्धतासहित सरकार सञ्चालन गरिरहेको सत्तापक्षले यस्ता विषयमा पारदर्शी ढंगले अनुसन्धान अघि बढाउनुपर्ने धारणा राखे। उनले कर नीतिसम्बन्धी निर्णय प्रक्रियामा गोपनीयता कायम राख्नुपर्ने र उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिन सरकार तयार हुनुपर्ने बताए।

हाल उक्त विषयमा सरकारले छानबिन समिति गठन गरिसकेको छ भने सांसद शाहीले त्यसको सट्टा संसदको प्रत्यक्ष निगरानीमा अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया