NIMB Header 2
Nepal Life

भन्सार कर छली विवादमा निष्पक्ष छानबिनको माग, अर्थमन्त्रीमाथि गलत सूचना दिएको आरोप

IME LIFE
  • BFIS News
  • 2026 Jun 11 12:39
भन्सार कर छली विवादमा निष्पक्ष छानबिनको माग, अर्थमन्त्रीमाथि गलत सूचना दिएको आरोप
United Ajod

काठमाडौं । भन्सार कर छलीसँग जोडिएको विवादमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय समितिलाई भ्रामक जानकारी दिएको आरोप लगाएका छन्।

Nepal Life
NIMB

उनले घटनासम्बन्धी उठेका प्रश्नहरूको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र र निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद शाहीले सुशासन र पारदर्शिताको पक्षमा आफूहरू निरन्तर उभिँदै आएको उल्लेख गरे। उनले भन्सार कर छलीसँग सम्बन्धित विषयमा संसदीय छानबिन समितिको माग कुनै राजनीतिक उद्देश्यका लागि नभई वास्तविकता उजागर गर्न गरिएको दाबी गरे।

शाहीले अर्थमन्त्रीलाई काम गर्न अवरोध सिर्जना गर्ने उद्देश्य आफ्नो नभएको स्पष्ट पार्दै सार्वजनिक रूपमा उठेका आशंका र आरोपहरूको जवाफ छानबिन प्रक्रियामार्फत दिनुपर्ने बताए। उनका अनुसार संसदीय समितिमा प्रस्तुत गरिएको जानकारी र सार्वजनिक रूपमा उठेका प्रश्नबीच स्पष्टता आवश्यक छ।

बजेट सार्वजनिक भइसकेपछि विद्युतीय सवारीसाधनसँग सम्बन्धित भन्सार तथा करका दरमा परिवर्तन गरिएको तथा यससँग सम्बन्धित सूचना चुहावट भएको आरोप अर्थमन्त्री वाग्लेमाथि लाग्दै आएको छ। यसै विषयमा बुधबार प्रतिनिधिसभाअन्तर्गतको सम्बन्धित समितिमा उपस्थित भएका अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक तथा करका दर निर्धारण प्रक्रियामा कुनै अनधिकृत हस्तक्षेप वा चलखेल नभएको बताएका थिए।

यद्यपि विपक्षी दलका सांसदहरूले अर्थमन्त्रीको स्पष्टीकरणले विवादसँग सम्बन्धित सबै प्रश्नहरूको पर्याप्त जवाफ दिन नसकेको भन्दै घटनाबारे स्वतन्त्र छानबिन गरिनुपर्ने आवश्यकता दोहोर्‍याएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया