समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह
- BFIS News
- 2026 Jun 12 12:09
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण भुक्तानी गर्न बाँकी रहेका दुई समस्याग्रस्त सहकारी संस्थाका १३२ जना ऋणीको नामावली सार्वजनिक गरेको छ।
समितिका अनुसार सार्वजनिक गरिएका ऋणीमध्ये १२ जना ‘हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड’का तथा १२० जना ‘कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’का रहेका छन्।
समितिले वैशाख २३ गतेको निर्णयअनुसार सम्बन्धित ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको छ। साथै, बक्यौता ऋण भएका व्यक्तिहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न आग्रह गरिएको छ।
समितिले सार्वजनिक सूचनामार्फत ऋण तिर्न बाँकी रहेका ऋणीलाई समयमै दायित्व पूरा गर्न सचेत गराएको छ। तोकिएको अवधिभित्र ऋण भुक्तानी नगरे प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने पनि समितिले जनाएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन, ऋण असुली तथा बचतकर्ताको हित संरक्षणसम्बन्धी कार्य गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया