Nepal Life

गणपूरक संख्या नपुग्दा दोर्दी खोलाको विशेष साधारणसभा स्थगित, हकप्रद प्रस्ताव रोकियो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 15 16:21
गणपूरक संख्या नपुग्दा दोर्दी खोलाको विशेष साधारणसभा स्थगित, हकप्रद प्रस्ताव रोकियो

काठमाडौं । Dordi Khola Jal Bidyut Company Limited को आज असार १ गतेका लागि बोलाइएको विशेष साधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।

 

Nepal Life
NIMB

कम्पनीले ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान विशेष साधारणसभा आह्वान गरेको थियो। तर, कम्पनी ऐनबमोजिम आवश्यक गणपूरक संख्या नपुगेपछि सभा स्थगित गरिएको कम्पनीले जनाएको छ।

सभाको मुख्य एजेण्डा हाल कायम चुक्ता पूँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नु रहेको थियो। उक्त प्रस्तावअनुसार कम्पनीले ६० करोड ८२ लाख ५५ हजार रुपैयाँ बराबरका ६० लाख ८२ हजार ५५० कित्ता हकप्रद शेयर जारी गर्ने योजना बनाएको थियो।

Electricity Regulatory Commission ले हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिँदा दशमलवमा शेयर संख्या निर्धारण भएकाले कम्पनीले नजिकको पूर्ण अंकमा मिलान गरी ६० लाख ८२ हजार ५५० कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव तयार गरेको थियो। सोहीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने कार्यसूचीमा समावेश थियो।

यसका साथै नियामक निकायबाट प्राप्त निर्देशन वा सुझावअनुसार आवश्यक संशोधन गर्न तथा हकप्रद निष्काशन प्रक्रियामा कुनै बाधा–अड्चन आए समाधान गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने प्रस्ताव समेत सभाको एजेण्डामा रहेको थियो।

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते एक दिन बुक क्लोज गरिसकेको थियो। कम्पनीका अनुसार सञ्चालक समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया