NIMB Header 2
Prabhu Mahalaxmi

गणपूरक संख्या नपुगेपछि दोर्दी खोला जलविद्युतले फेरि बोलायो विशेष साधारणसभा

United Ajod
  • BFIS News
  • 2026 Jun 16 13:30
गणपूरक संख्या नपुगेपछि दोर्दी खोला जलविद्युतले फेरि बोलायो विशेष साधारणसभा
IME LIFE

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले असार १ गते बोलाएको विशेष साधारणसभा गणपूरक संख्या नपुगेपछि पुनः विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले असार ९ गते मंगलबार ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ९ बजे सभा बोलाउने निर्णय गरेको हो ।

 

Nepal Life
NIMB

कम्पनीले विशेष साधारणसभाका लागि यसअघि नै जेठ २५ गते बुक क्लोज गरिसकेको छ । पुनः आह्वान गरिएको सभामा हाल कायम चुक्ता पूँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पेश गरिनेछ ।

कम्पनीले ६० करोड ८२ लाख ५५ हजार रुपैयाँ बराबरका ६० लाख ८२ हजार ५५० कित्ता हकप्रद शेयर जारी गर्ने योजना अघि सारेको छ ।

विद्युत नियमन आयोगले हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिँदा दशमलवमा शेयर संख्या उल्लेख भएकाले नजिकको पूर्ण अंकमा मिलान गरी शेयर संख्या कायम गरिएको कम्पनीले जनाएको छ ।

सभामा हकप्रद शेयर निष्काशनका लागि आवश्यक पर्ने गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।

त्यस्तै नियामक निकायको निर्देशन वा सुझावअनुसार आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन गर्न तथा हकप्रद शेयर निष्काशन प्रक्रियामा आउने समस्या समाधान गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावसमेत सभामा लैजाने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया