Nepal Life

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 16 14:17
सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

 

Nepal Life
NIMB

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

त्यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै ४२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

कम्पनीले कर्मचारीका लागि १७ हजार कित्ता शेयर छुट्याएपछि बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया