मध्य ताराखोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
- BFIS News
- 2026 Jun 16 14:22
काठमाडौँ । मध्य ताराखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको हो ।
कम्पनीको साधारणसभा असार २४ गते बाग्लुङस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ । साथै आईपीओ निष्कासन प्रक्रियाका क्रममा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ ।
त्यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
कम्पनीले चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा अनुमोदन गर्ने जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया