बीमा प्राधिकरणले बैंक मौज्दात लगानी गर्न बैंकहरूसँग शिलबन्दी प्रस्ताव माग्यो
- BFIS News
- 2026 Jun 18 11:56
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो बैंक मौज्दात रकम मुद्दती निक्षेपमा लगानी गर्न विभिन्न वाणिज्य बैंक तथा विकास बैंकबाट शिलबन्दी प्रस्ताव आह्वान गरेको छ।
प्राधिकरणले लगानी नीति बमोजिम रकम मुद्दती निक्षेपमा राख्नुपर्ने भएकाले इच्छुक बैंक तथा विकास बैंकलाई अधिकतम प्रतिफल (ब्याजदर) उल्लेख गरी सात दिनभित्र शिलबन्दी दरखास्त पेश गर्न आग्रह गरेको हो। प्रस्तावको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणका अनुसार प्रस्ताव पेश गर्ने बैंकहरूले उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदरका साथै पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सान विवरण, निष्क्रिय सम्पत्ति (एनपीए), कर्जा–निक्षेप अनुपात (सीडी रेसियो), बैंक स्थापना भएको वर्ष तथा पुँजी पर्याप्तता कोष (क्यापिटल एडिक्वेसी रेसियो) सम्बन्धी विवरण समेत अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
प्राधिकरणले प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गरी लगानी नीति अनुसार उपयुक्त बैंक छनोट गरेर रकम लगानी गर्ने जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)





.jpg)


प्रतिक्रिया