Nepal Life

सालपा विकास बैंकको ८६ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि असार २४ गते सकिने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 18 12:01
सालपा विकास बैंकको ८६ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि असार २४ गते सकिने

काठमाडौं । सालपा विकास बैंक लिमिटेडको सामूहिक लगानी कोषतर्फको ८६ हजार १९४ कित्ता शेयरको लकइन अवधि यही असार २४ गते समाप्त हुने भएको छ।

 

Nepal Life
NIMB

सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर लकइनमा राख्नुपर्ने व्यवस्था अनुसार उक्त शेयर हालसम्म लकइनमा रहेको थियो।

लकइन अवधि समाप्त भएपछि सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ८६ हजार १९४ कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुने बैंकले जनाएको छ।

धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी प्रचलित व्यवस्था अनुसार सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको शेयर निश्चित अवधिसम्म बिक्री गर्न नपाइने प्रावधान रहेको छ। अब असार २४ गतेपछि उक्त शेयर कारोबार गर्न सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया