Nepal Life

शिखर इन्स्योरेन्सले मधेश प्रदेशका शाखा प्रमुख र मार्केटिङ टोलीलाई दियो बजेट, मार्केटिङ तथा एएमएल/सीएफटी तालिम

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 27 18:43
शिखर इन्स्योरेन्सले मधेश प्रदेशका शाखा प्रमुख र मार्केटिङ टोलीलाई दियो बजेट, मार्केटिङ तथा एएमएल/सीएफटी तालिम

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ मधेश प्रदेश तथा गाईघाट शाखासहितका शाखा प्रमुख र मार्केटिङ टोलीका सदस्यहरूलाई लक्षित गरी बजेट विनियोजन, मार्केटिङ क्षमता विकास तथा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी (AML/CFT) सम्बन्धी प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको छ।

Nepal Life
NIMB

कम्पनीका सिएफओ सूरज राजभण्डारीको गरिमामय उपस्थितिमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन रणनीति, व्यवसाय विस्तार, बजार प्रतिस्पर्धामा प्रभावकारी रूपमा प्रस्तुत हुने सीप तथा नियामकीय व्यवस्था अनुरूपको अनुपालनलाई थप सुदृढ बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका सबै शाखा प्रमुख तथा मार्केटिङ टोलीका सदस्यहरू, साथै गाईघाट शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा शाखागत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने, व्यवसायिक दक्षता अभिवृद्धि गर्ने तथा कम्पनीभित्र सुशासन र नियामकीय अनुपालनलाई अझ मजबुत बनाउने विषयमा विशेष छलफल गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले कर्मचारीहरूको व्यावसायिक दक्षता विकास, कार्यसम्पादन सुधार तथा वित्तीय अपराध न्यूनीकरणसम्बन्धी सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, आगामी दिनमा पनि कर्मचारीको क्षमता विकास र उत्कृष्ट सेवा प्रवाहका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया