इन्धनको मूल्य तत्काल घटाउन सांसद ताहिर अली भाटको माग, ‘किसानले बिना इन्धन खेती गर्न सक्दैनन्’
- BFIS News
- 2026 Jun 18 12:46
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले इन्धनको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले अन्तर्राष्ट्रिय बजारमा युद्धका कारण इन्धनको मूल्य बढेको भए पनि अहिले अवस्था परिवर्तन भइसकेकाले नेपालमा समेत मूल्य घटाउनुपर्ने बताएका हुन्।
“अन्तर्राष्ट्रिय जगतमा युद्ध चलिरहेको थियो। भारतमा तेल तथा इन्धनको भाउ बढेन, नेपालमा भने दोब्बर–तेब्बर बढ्यो,” उनले भने।
उनले युद्ध समाप्त भइसकेको अवस्थामा पनि नेपालमा इन्धनको मूल्य नघटेको भन्दै सरकारको ध्यानाकर्षण गराए। जनताको सरकारले जनताकै हितमा काम गर्नुपर्ने उनको भनाइ थियो।
“अहिले पनि तेलको मूल्य घटेन भने किसानहरूले बिना तेल र बिना इन्धन खेतीपाती गर्न सक्दैनन्,” उनले भने।
सांसद भाटले इन्धनको मूल्य तत्काल घटाएर आम नागरिक र किसानलाई महँगीको भारबाट राहत दिन सरकारसँग आग्रह गरेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया