Nepal Life

फुटबल स्टारका खुट्टा बने अर्बौंको सम्पत्ति, विश्वकपसँगै बढ्यो बीमाको चर्चा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 18 12:58
फुटबल स्टारका खुट्टा बने अर्बौंको सम्पत्ति, विश्वकपसँगै बढ्यो बीमाको चर्चा

काठमाडौं । गोल, ट्रफी र विश्वकप जित्ने सपना बोकेका फुटबल खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण सम्पत्ति नै उनीहरूको खुट्टा हो। आधुनिक फुटबलमा खेलाडीका खुट्टा केवल खेल्ने माध्यम मात्र नभई बीमा उद्योगको नजरमा करोडौँ–अर्बौं मूल्यका वित्तीय सम्पत्ति बनेका छन्।

 

Nepal Life
NIMB

उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप–२०२६ को उत्साह बढिरहेका बेला स्टार फुटबल खेलाडीहरूको खुट्टा तथा त्यसको बीमाको विषय फेरि चर्चामा आएको छ।

विश्वकपजस्तो उच्च प्रतिस्पर्धात्मक प्रतियोगितामा गलत ट्याकल, खराब ल्यान्डिङ वा लिगामेन्टमा चोट लाग्दा खेलाडी महिनौँसम्म मैदान बाहिर रहनुपर्ने अवस्था आउन सक्छ। यस्तो अवस्थामा समस्या केवल उपचार खर्चमा सीमित हुँदैन।

एक स्टार फुटबलरका लागि चोटको अर्थ ठूलो आम्दानी, प्रायोजन सम्झौता र व्यावसायिक अवसर गुम्ने जोखिम पनि हो। त्यसैले विश्वका शीर्ष खेलाडीहरूले आफ्नो खुट्टाको सुरक्षाका लागि विशेष बीमा गराउने गरेका छन्।

फुटबलमा खेलाडीको प्रदर्शन, करिअर र बजार मूल्यसँग प्रत्यक्ष जोडिएको खुट्टा अहिले खेल क्षेत्रको सबैभन्दा महँगो सम्पत्तिमध्ये एक बनेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया