Nepal Life

खुद्रा नोटको अभावले बैंकर तनावमा, जागिर खानेकी नयाँ नोटका लागि लाइन बस्न जाने !

National Life
  • BFIS News
  • 2023 Oct Thu 14:15
खुद्रा नोटको अभावले बैंकर तनावमा, जागिर खानेकी नयाँ नोटका लागि लाइन बस्न जाने !
RBB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्रयाप्त मात्रामा नयाँ नोट उपलब्ध नगराउदा बजारमा चरम अभाव देखिएको छ । राष्ट्र बैंकले केन्द्रिय कार्यालय बालुवाटार तथा प्रादेशिक कार्यालयका साथै वाणिज्य बैंकहरुले काठमाडौं उपत्यकामा रहेका केन्द्रीय कार्यालय र उपत्यकाबाहिरका प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिइरहेका छन् ।

NIMB

लाइनमा बसेर एक जनाले अधिकतम १८ हजार ५०० रुपैयाँ मात्रै पाउने व्यवस्था मिलाइएको छ । यसबाहेक बैंक वित्तीय संस्थाकै कर्मचारीले समेत नयाँ नोट पाउन सकेका छैनन् । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई एक दमै कम नयाँ नोट उपलब्ध गराउदा बैंकहरुले आफ्ना नियमित ग्राहकहरुलाई नयाँ नोट उपलब्ध गराउन सकेका छैनन् ।

एक बैंकरका अनुसार राष्ट्र बैंकले एउटा बैंकलाई जम्ममा ३/४ करोड मात्रै नयाँ नोट उपलब्ध गराएको छ । यो रकम तोकिएको शाखामा लाइन बस्नेलाई समेत वितरण गर्न पुग्दैन । बजारमा नयाँ नोट अभाव नभएको भान पार्न राष्ट्र बैंकले केन्द्रिय कार्यालयबाटै एक एक सेट उपलब्ध गराउदै आएको छ । नेपाल राष्ट्र बैंकका सह प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार राष्ट्र बैंकले बजारमा प्रयाप्त मात्रामा नयाँ नोट उपलब्ध गराउदै आएको छ । तर उनले भने जस्तो बजारमा सहजै नयाँ नोट पाउने गरेको छैन ।

बैंकहरुलाई यस पटक जथाभावी वितरण नगर्दा यस्तो भान परेको उनको भनाइ छ । उनले भने ‘बैंकहरुले मनलाग्दी नयाँ नोट लैजान पाउनु भएको छैन । त्यसैले उहाँहरुले अभाव छ भन्नु भएको होला तर राष्ट्र बैंक सँग प्रयाप्त मात्रामा मौज्दात छ ।’ राष्ट्र बैंकले औपचारिक रुपमा नयाँ नोट छ भन्दै गर्दा आन्तरिक सर्कुलर जारी गर्दै पुरानै सुकिला नोट वितरण गर्न निर्देशन दिदै आएको छ । यसले गर्दा बैंकहरुले नयाँ र पुराना मिलाएर वितरण गर्दै आएका छन् ।

बैंकहरुले नै पाएनन् नयाँ नोट

बैंकमा काम गर्ने भन्ने वित्तीकै घर परिवार साथिभाइ तथा निजिकका व्यक्तिहरुले नयाँ नोटको शाखा गरेका हुन्छन् । तर हेड अफिसले नै नयाँ नोट उपलब्ध नगराए पछि उनिहरु समस्यामा परेका छन् । एक बैंकरले भने ‘नयाँ नोटका लागि लाइन बस्न जाउ शाखा कार्यालय नै बन्द गर्नु पर्छ नजाउ नयाँ नोट पाइएको छैन ।’

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया