NIMB Header 2
Prabhu Mahalaxmi

प्रधानमन्त्री बालेन शाह संसदमा अनुपस्थित, बजेटमाथिका प्रश्नमा अर्थमन्त्री वाग्लेले जवाफ दिने

United Ajod
  • BFIS News
  • 2026 Jun 18 13:27
प्रधानमन्त्री बालेन शाह संसदमा अनुपस्थित, बजेटमाथिका प्रश्नमा अर्थमन्त्री वाग्लेले जवाफ दिने
Sanima Reliance Life Insurance Company

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएपछि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन्।

 

Nepal Life
NIMB

प्रतिनिधिसभामा सांसदहरूले वार्षिक विनियोजित बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री वाग्लेले दिने भएका हुन्।

रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले नै सम्हालिरहेका छन्। त्यसकारण रक्षा मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने थियो।

तर प्रधानमन्त्री शाह संसदमा उपस्थित नभएपछि उनको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने व्यवस्था गरिएको हो।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार