Nepal Life

शिखर इन्स्योरेन्सलाई ‘नन–लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्ड

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 21 16:50
शिखर इन्स्योरेन्सलाई ‘नन–लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्ड

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नन–लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। कम्पनीले उक्त सम्मानलाई आफ्नो सेवा उत्कृष्टता, नवप्रवर्तनमुखी बीमा समाधान तथा ग्राहक र सरोकारवालालाई निरन्तर मूल्य प्रदान गर्ने प्रतिबद्धताको मान्यताका रूपमा लिएको जनाएको छ।

Nepal Life
NIMB

कम्पनीका अनुसार यो उपलब्धि संस्थाका कर्मचारीहरूको समर्पण, व्यावसायिक दक्षता र सामूहिक मेहनतको परिणाम हो। अवार्ड वितरण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले संस्थाको तर्फबाट उक्त सम्मान ग्रहण गरेका थिए।

शिखर इन्स्योरेन्सले प्राप्त सम्मानले आगामी दिनमा पनि बीमा क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह, नवीनतम बीमा उत्पादन तथा ग्राहककेन्द्रित अभ्यासलाई थप सुदृढ बनाउन प्रेरणा मिलेको जनाएको छ।

कम्पनीले यस उपलब्धिका लागि आफ्ना ग्राहक, साझेदार, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै उनीहरूको निरन्तर विश्वास र सहयोगले नै यस्तो सफलता सम्भव भएको उल्लेख गरेको छ।

शिखर इन्स्योरेन्सले प्राप्त सम्मानले नेपालको निर्जीवन बीमा क्षेत्रमा कम्पनीको योगदान र बजारमा स्थापित विश्वासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया