NIMB Header 2
Prabhu Mahalaxmi

नेपाल–रुसबीच व्यापार र औद्योगिक सहकार्य विस्तारबारे छलफल, मन्त्री यादवलाई रुस भ्रमणको निमन्त्रणा

United Ajod
  • BFIS News
  • 2026 Jul 28 14:51
नेपाल–रुसबीच व्यापार र औद्योगिक सहकार्य विस्तारबारे छलफल, मन्त्री यादवलाई रुस भ्रमणको निमन्त्रणा
IME LIFE

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

Nepal Life
NIMB

भेटमा द्विपक्षीय व्यापार, आर्थिक सम्बन्ध तथा औद्योगिक सहकार्य विस्तारका विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल र रुसबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्ने, व्यापार सहजीकरणलाई प्रभावकारी बनाउने तथा औद्योगिक क्षेत्रमा सहकार्य बढाउने विषयमा दुवै पक्षबीच विचार आदान–प्रदान भएको थियो।

राजदूत सुरोभ्त्सेभले नेपाल–रुस आर्थिक तथा व्यापारिक फोरममार्फत अघि बढिरहेको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउन नेपाल सरकारले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनले दुई देशबीचको आर्थिक र औद्योगिक सम्बन्ध थप विस्तार हुने अपेक्षासमेत व्यक्त गरे।

भेटका क्रममा राजदूत सुरोभ्त्सेभले रुसका आर्थिक विकास मन्त्रीको तर्फबाट मन्त्री यादवलाई रुस भ्रमणका लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका थिए। मन्त्री यादवले निमन्त्रणा स्वीकार गर्दै उक्त भ्रमणले द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

मन्त्री यादवले नेपालका बन्द अवस्थामा रहेका सरकारी स्वामित्वका उद्योग पुनः सञ्चालनका लागि रुसको प्राविधिक तथा आवश्यक सहयोग अपेक्षित रहेको बताइन्। उनले विशेषगरी हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनका लागि सहकार्य गर्न प्रस्ताव राखेकी थिइन्।

राजदूत सुरोभ्त्सेभले मन्त्री यादवले उठाएका प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गर्दै नेपालले अघि सारेका विषयमा रुस सरकारसँग आवश्यक समन्वय गरी सहकार्यको सम्भावना अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया