नेपाल इन्फ्राष्ट्रक्चर बैंकले ५.२६ % नगद लाभांश पारित गर्न असोज २३ गते डाक्यो साधारणसभा
- BFIS News
- 2026 Sep 18 11:36
काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चर बैंकले यहि असोज २३ गते शुक्रवार आठौ वार्षिक साधारणसभा डाकेको छ। सभाले यस अगाडी सञ्चालक समितिले प्रस्ताव गरेको ५.२६३२७ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ।
सभामा बैंकको आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण तथा पुँजीमा भएको परिवर्तनसम्बन्धी विवरण स्वीकृत गर्ने प्रस्ताव रहेका छन्।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। बैंकले कम्पनी ऐन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा रहेको व्यवस्थाअनुसार लगातार तीन वर्ष लेखापरीक्षण सम्पन्न गरिसकेका वर्तमान लेखापरीक्षक BRS Neupane & Co., Chartered Accountants लाई पुनः नियुक्त गर्न नमिल्ने जनाएको छ।
१ अर्ब १३ करोडभन्दा बढी नगद लाभांश प्रस्ताव
सभामा बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२७ प्रतिशत बराबर हुने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। उक्त रकममा लाभांश करसमेत समावेश रहेको बैंकले जनाएको छ।
सञ्चालक समितिको १९१औं बैठकले प्रस्ताव गरेको उक्त लाभांश साधारण सभाबाट स्वीकृत भएपछि कम्पनी ऐन, २०६३ को दफा १८२(२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति प्राप्त भएपछि वितरण गरिनेछ।
अनिता रायमाझीको सञ्चालक नियुक्ति अनुमोदन हुने
सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा निर्वाचित दुईमध्ये सञ्चालक लिमा अधिकारी आचार्यले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त स्थानमा सञ्चालक समितिको १७८औं बैठकको निर्णयबाट नियुक्त अनिता रायमाझीको नियुक्तिलाई बाँकी कार्यकालका लागि अनुमोदन गर्नेछ।
यससँगै सभामा अन्य विविध विषयमा समेत छलफल तथा निर्णय हुने बैंकले जनाएको छ।
असोज १४ गते शेयरधनी दर्ता किताब बन्द
आठौं वार्षिक साधारण सभाका लागि बैंकले २०८३ असोज १४ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। असोज १४ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सालमा प्राप्त शेयर नामसारीको लिखतका आधारमा बैंकको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीले साधारण सभामा सहभागी हुन, छलफल गर्न तथा मतदान गर्न पाउनेछन्।
सभामा सहभागी हुन चाहने शेयरधनीका लागि उपस्थिति पुस्तिका बिहान ८ बजेदेखि ९ः३० बजेसम्म खुला रहनेछ। शेयरधनीले बैंकले जारी गरेको प्रवेशपत्र, शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण तथा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
त्यसैगरी, प्रतिनिधिमार्फत सभा सहभागी हुन चाहने शेयरधनीले सभा सुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै प्रतिनिधिपत्र बैंकको काठमाडौं–१०, बानेश्वरस्थित रजिष्टर्ड कार्यालयमा बुझाउनुपर्नेछ। प्रतिनिधि नियुक्त गरिएको व्यक्ति बैंकको शेयरधनी हुनुपर्ने व्यवस्था गरिएको छ।
प्रतिनिधि परिवर्तन वा बदर गरी स्वयं सभामा उपस्थित हुन चाहने शेयरधनीले पनि सभा सुरु हुनुभन्दा ४८ घण्टा अगावै लिखित सूचना बैंकको रजिष्टर्ड कार्यालयमा बुझाउनुपर्नेछ।
नाबालक शेयरधनीको हकमा दर्ता किताबमा संरक्षकका रूपमा नाम कायम रहेको संरक्षक वा निजबाट अख्तियारी प्राप्त प्रतिनिधिले सभामा सहभागी भई छलफल तथा मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।
संयुक्त रूपमा एकभन्दा बढी व्यक्तिको नाममा रहेको शेयरको हकमा साझेदारहरूले मनोनयन गरेको साझेदार वा निजहरूले मनोनयन गरेको प्रतिनिधिबाट प्रस्तुत मत वा प्रतिनिधिपत्र मान्य हुने र मनोनयन हुन नसकेको अवस्थामा शेयरधनी दर्ता किताबमा पहिलो क्रममा नाम उल्लेख भएको व्यक्तिको मत वा प्रतिनिधिपत्र सदर हुने बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpeg)




प्रतिक्रिया