NIMB Header 2
Prabhu Mahalaxmi

मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य

United Ajod
  • BFIS News
  • 2026 Sep 16 22:28
मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य
IME LIFE

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र Good Karma Group of Companies Pvt. Ltd. अन्तर्गतको कर्मा रेसिडेन्सिजबीच आवासीय तथा अपार्टमेन्ट युनिट खरिदका लागि सहज कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

Nepal Life
NIMB

सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार कर्मा रेसिडेन्सिज, महाराजगञ्जमा रहेका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार Base Rate + ०.२५ प्रतिशत प्रिमियममा आवास कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ।

यस सहकार्यबाट कर्मा रेसिडेन्सिजका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ। कर्जा सुविधा भने ग्राहकको योग्यता तथा क्रेडिट मूल्याङ्कन, सम्बन्धित सम्पत्तिको मूल्याङ्कन, कानुनी तथा प्राविधिक परीक्षण र बैंकका प्रचलित नीति तथा मापदण्डका आधारमा उपलब्ध हुनेछ।

मुक्तिनाथ विकास बैंकले आवास कर्जासहित अटो, कृषि तथा साना तथा मझौला उद्यम (SME) लगायत विभिन्न कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ। बैंकले यी कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा प्रदान गर्दै आएको जनाएको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार उक्त सहकार्यले कर्मा रेसिडेन्सिजका आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि वित्तीय व्यवस्थापनमा थप सहजता प्रदान गर्नेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया