डिगो ओटीटीले पायो आधिकारिक विश्वव्यापी स्ट्रिमिङ अधिकार, डिजिटल मनोरञ्जन क्षेत्रमा विस्तार गर्दै
- BFIS News
- 2026 Jun 22 16:04
काठमाडौँ । डिशहोम डिजिटल प्रा. लि. अन्तर्गत सञ्चालित डिगो ओटीटीले आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गर्दै नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ ।
सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र तथा बाल सामग्रीलगायत विविध डिजिटल सामग्री दर्शकमाझ उपलब्ध गराउँदै आएको छ ।
कम्पनीसँग रहेको आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजिटल सामग्री वितरण गर्ने क्षमता, विश्वसनीयता र दीर्घकालीन प्रतिबद्धतालाई पुष्टि गरेको डिशहोम डिजिटलले जनाएको छ ।
यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जन बजारसँग जोड्न महत्वपूर्ण आधार तयार गरेको कम्पनीको भनाइ छ ।
यसैबीच डिशहोम डिजिटल प्रा. लि. ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट राष्ट्रिय प्रसारण नियमावलीअनुसार ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक इजाजतसमेत प्राप्त गरेको जनाएको छ ।
आधिकारिक अधिकार र सरकारी इजाजतसहित सञ्चालन भइरहेको डिगो ओटीटीले नेपाली दर्शकलाई सुरक्षित, सहज र आधिकारिक माध्यमबाट डिजिटल मनोरञ्जन सामग्री उपलब्ध गराउने लक्ष्य राखेको छ ।
कम्पनीले आगामी दिनमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक सामग्री तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत डिगो ओटीटीलाई विश्वस्तरमा प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया