Nepal Life

भेनेजुएलामा भूकम्पको विनाश : मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५० हजारभन्दा बढी अझै सम्पर्कविहीन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 28 11:19
भेनेजुएलामा भूकम्पको विनाश : मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५० हजारभन्दा बढी अझै सम्पर्कविहीन

काठमाडौं । भेनेजुएलामा गत बुधबार आएका दुई शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

Nepal Life
NIMB

सरकारी अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हजारौं मानिस घाइते भएका छन् भने ठूलो संख्यामा नागरिक अझै बेपत्ता रहेका छन्।

अधिकारीहरूका अनुसार भूकम्पमा परी ३ हजार ३ सय ६० जना घाइते भएका छन्। साथै, भग्नावशेषमुनि अझै १७२ जना पुरिएको आशंका गरिएको छ। यस विपत्तिका कारण ३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

बेपत्ता व्यक्तिहरूको विवरण संकलनका लागि सञ्चालन गरिएको वेबसाइटअनुसार शुक्रबार मध्याह्नसम्म ५० हजारभन्दा बढी व्यक्तिको अवस्था अज्ञात रहेको जनाइएको छ। उद्धार टोलीहरूले उनीहरूको खोजी कार्य जारी राखेका छन्।

भूकम्पबाट १३ वटा अस्पताल, २५ वटा व्यापारिक केन्द्रसहित ३८३ वटा भवनमा क्षति पुगेको सरकारी विवरणमा उल्लेख छ। राहत तथा उद्धार अभियानमा सहयोग गर्न ८७० भन्दा बढी अन्तर्राष्ट्रिय उद्धारकर्मी परिचालित छन्।

उद्धार तथा राहत वितरणलाई व्यवस्थित बनाउन राजधानी काराकासमा स्वयंसेवक दर्ता केन्द्र स्थापना गरिएको छ। दर्ता भएका स्वयंसेवकलाई उनीहरूको सीप र क्षमताका आधारमा विभिन्न क्षेत्रमा परिचालन गरिने जनाइएको छ।

यसैबीच, युरो–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार शुक्रबार भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा ४.७ रेक्टर स्केलको पराकम्प महसुस गरिएको छ। पराकम्पहरू निरन्तर आइरहेकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।

भेनेजुएलास्थित चिनियाँ दूतावासले भूकम्पमा कम्तीमा सात जना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको विवरण अझै अद्यावधिक भइरहेको अधिकारीहरूले जनाएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया