बीवाईडी प्रकरणपछि भन्सार विभागका महानिर्देशक श्याम भण्डारी अर्थ मन्त्रालय तानिए
- BFIS News
- 2026 Jun 30 13:50
काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) को भन्सार महसुल परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको भनिएको बीवाईडी प्रकरणपछि भन्सार विभागका महानिर्देशक श्याम भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयमार्फत भण्डारीलाई मन्त्रालय फिर्ता बोलाएका हुन्। मन्त्रालयले विभागका उपमहानिर्देशक भरतमणि पाण्डेलाई भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
बजेटमा करका दर परिवर्तन हुने जानकारी सार्वजनिक हुनुअघि नै बीवाईडीसहित विभिन्न ब्रान्डका विद्युतीय सवारीसाधन दुई प्रमुख भन्सार नाकाबाट जाँचपास भएको विषय सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो।
कर परिवर्तनसम्बन्धी पूर्वसूचनाको दुरुपयोग गरी केही आयातकर्ताले आर्थिक लाभ लिएको आशंकामा निष्पक्ष छानबिनको माग हुँदै आएको छ। सोही घटनामा भन्सार विभागका प्रमुखका रूपमा भण्डारीको भूमिकामाथि पनि प्रश्न उठ्दै आएको थियो।
यसै पृष्ठभूमिमा अर्थ मन्त्रालयले भण्डारीलाई विभागबाट फिर्ता बोलाउँदै नेतृत्व परिवर्तन गरेको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया