NIMB Header 2
Nepal Life

पुँजी बजारको विकास र विस्तारमा आवश्यक सबै पहल गर्छौं : सेबोन अध्यक्ष भट्ट

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Jul 02 12:16
पुँजी बजारको विकास र विस्तारमा आवश्यक सबै पहल गर्छौं : सेबोन अध्यक्ष भट्ट
United Ajod

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

Nepal Life
NIMB

शुक्रबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको शिष्टाचार भेटमा अध्यक्ष डा. भट्टले सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकताअनुसार पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। सो अवसरमा एसोसिएसनले डा. भट्टलाई कार्यकक्षमै भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो।

भेटका क्रममा अध्यक्ष डा. भट्टले पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी तथा लगानीकर्ताबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने बताए। उनले बजारमा सुशासन कायम गर्दै लगानीकर्ताको हित संरक्षण र आधुनिक प्रविधिको अधिकतम प्रयोगमार्फत नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने दिशामा बोर्ड सक्रियतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरे।

यस्तै, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले नवनियुक्त अध्यक्ष डा. भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा नीतिगत एवं संरचनागत सुधारका लागि एसोसिएसनले निरन्तर रचनात्मक सुझाव र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

भेटवार्ताका क्रममा नेपाल सरकारको बजेटले पुँजी बजारका लागि तय गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा तथा प्रविधिमैत्री सेवा विस्तारका विषयमा समेत सकारात्मक छलफल भएको थियो।

एसोसिएसनले डा. भट्टको नेतृत्वमा नेपाल धितोपत्र बोर्डले पुँजी बजार विस्तारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने तथा नेपालको आर्थिक विकासमा पुँजी बजारको योगदानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। अध्यक्ष ढकालको नेतृत्वमा भएको भेटमा एसोसिएसनका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया