NIMB Header 2
Prabhu Mahalaxmi

आज सार्वजनिक हुँदै मौद्रिक नीति, राष्ट्र बैंकको सञ्चालक समिति बैठक जारी

United Ajod
  • BFIS News
  • 2026 Jul 07 11:43
आज सार्वजनिक हुँदै मौद्रिक नीति, राष्ट्र बैंकको सञ्चालक समिति बैठक जारी
IME LIFE

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ। नीति अनुमोदनका लागि राष्ट्र बैंकको सञ्चालक समिति बैठक जारी रहेको छ।

Nepal Life
NIMB

सरकारले सार्वजनिक गरिसकेको बजेटसँग समन्वय हुने गरी ल्याइने मौद्रिक नीतिले अर्थतन्त्रलाई थप चलायमान बनाउने, कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तथा निजी क्षेत्रको लगानी अभिवृद्धिमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार यस वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी नयाँ नियामकीय व्यवस्था समावेश गरिने छैन। आवश्यक नियामकीय संशोधनहरू भने मौद्रिक नीतिमार्फत नभई एकीकृत निर्देशन तथा अन्य नियामकीय व्यवस्थामार्फत क्रमिक रूपमा लागू गर्ने तयारी गरिएको छ।

यसपटकको नीतिले बैंकिङ प्रणालीमा रहेको अधिक तरलताको प्रभावकारी व्यवस्थापन, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह विस्तार, ब्याजदरलाई थप सहज बनाउने, साना तथा मझौला उद्यमलाई सहजीकरण गर्ने तथा निजी क्षेत्रको लगानी विश्वास बढाउने विषयलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

पछिल्लो समय कर्जा विस्तारको सुस्त गति, कमजोर लगानी वातावरण तथा आर्थिक गतिविधिमा आएको मन्दीलाई मध्यनजर गर्दै राष्ट्र बैंकले तुलनात्मक रूपमा लचकदार र बजारमुखी मौद्रिक नीति ल्याउने तयारी गरेको बताइएको छ।

आज सार्वजनिक हुने मौद्रिक नीतिमा समेटिने व्यवस्थाले बैंकिङ क्षेत्र, पुँजी बजार, निजी क्षेत्रको लगानी तथा समग्र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया