डुबानपछि कीर्तिपुरका सुकुम्बासी खरिपाटी र बोडेमा स्थानान्तरण
- BFIS News
- 2026 Jul 12 16:32
काठमाडौं, असार २८ अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
डुबान प्रभावित होल्डिङ सेन्टरबाट ८९ जना सुकुम्बासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको छ। केहीलाई भने भक्तपुरकै बोडे क्षेत्रमा स्थानान्तरण गरिएको जनाइएको छ।
बागमती नदीमा आएको बाढीका कारण होल्डिङ सेन्टर जोखिममा परेपछि सम्बन्धित निकायले उनीहरूलाई सुरक्षित स्थानमा सारेको हो।
यसैबीच, सरकारले सुकुम्बासी बस्ती हटाएपछि उनीहरूको उचित व्यवस्थापन गर्न नसकेको भन्दै विभिन्न पक्षबाट आलोचना हुँदै आएको छ। यस विषयलाई लिएर केही स्थानमा विरोध प्रदर्शनसमेत जारी रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया