सेयर बजार १० अंकले घट्यो, ४ अर्ब १६ करोडको कारोबार
- BFIS News
- 2026 Aug 21 15:51
काठमाडौं, भदौ ५ गते । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेर बन्द भएको छ। नेप्से परिसूचक १० दशमलव ६७ अंकले घटेर २ हजार ६१८ दशमलव ७२ विन्दुमा कायम भएको हो।
यस दिन ३४४ कम्पनीका १ करोड २१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स सर्वाधिक अगाडि रहेको छ। कम्पनीको २६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, सोलु हाइड्रोको २४ करोड ५३ लाख रुपैयाँ र रिडी पावरको १८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
शुक्रबार सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले बढेको छ। पञ्चकन्यामाई हाइड्रोका लगानीकर्ताले १३ दशमलव ८६ प्रतिशत र राप्ती हाइड्रोका लगानीकर्ताले ५ दशमलव ५१ प्रतिशतले कमाएका छन्।
यस दिन धौलागिरी लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य ५ दशमलव २६ प्रतिशतले घटेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया