NIMB Header 2
Nepal Life

एनसेलमा भूमि विभागको ओटीपी सेवा बन्द, एनटीसी प्रयोग गर्न आग्रह

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Jul 12 16:40
एनसेलमा भूमि विभागको ओटीपी सेवा बन्द, एनटीसी प्रयोग गर्न आग्रह
United Ajod

काठमाडौं, असार २८ भूमि व्यवस्था तथा अभिलेख विभाग र एनसेल आजिआटा लिमिटेडबीच एसएमएस सेवासम्बन्धी सम्झौता नवीकरण नभएपछि एनसेल सिममा विभागको ओटीपी (वन टाइम पासवर्ड) सेवा बन्द भएको छ।

 

Nepal Life
NIMB

विभागले सूचना जारी गर्दै एनसेलले एसएमएस सेवा सम्झौता नवीकरण नगरेकाले हालका लागि ओटीपी सेवा अवरुद्ध भएको जनाएको छ।

विभागले एनसेल सिम प्रयोग गरिरहेका भू–सेवा केन्द्रहरूलाई नेपाल टेलिकम (एनटीसी) को सिम प्रयोग गर्न आग्रह गरेको छ।

यसका लागि सिम परिवर्तन गर्न चाहने भू–सेवा केन्द्रहरूले विभागको आधिकारिक इमेलमार्फत निवेदन पठाउनुपर्ने विभागले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया