Nepal Life

घट्न थाल्यो बैंकहरुको खराब कर्जा, सरकारी सँगै ठुला बैंकहरुको रिकभरी राम्रो

National Life
  • पुरूषोत्तम सुवेदी
  • 2023 Oct Sun 10:32
घट्न थाल्यो बैंकहरुको खराब कर्जा, सरकारी सँगै ठुला बैंकहरुको रिकभरी राम्रो
RBB

काठमाडौं । बाणिज्य बैंकहरुको खराब कर्जा घट्न थालेको छ । लगातार बढिरहेको खराव कर्जा यस वर्षदेखि ३ प्रतिशत भन्दा तल झरेको छ । गत चैतमा बाणिज्य बैंकहरुको औषत खराव कर्जा ३.२३ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा०.२५ प्रतिशत विन्दुले घटेर २.९८ प्रतिशतमा झरेको छ ।

NIMB

बैंकहरुले रिकभरीलाई विशेष ध्यान दिएका छन् । सँग सँगै नेपाल राष्ट्र बैंकको प्रोभिजनिङ सम्बन्धी व्यवस्थालाई खुकुलो पारेकाले पनि बैंकहरुको खराव कर्जा तल झरेको हो । साउन भदौमा थप तल झर्ने प्रक्षेपण गरिएको छ । 

विज्ञहरुका अनुसार नेपाली अर्थतन्त्रमा देखिएको शिथिलताका कारण वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दै आइरहेको थियो । तर पछिल्ला महिनाहरुमा भने खराव कर्जा तल झर्न थालेको हो । यसरी खराव कर्जा घट्न थाले सँगै संवेदनशील तथा डराइहाल्नु पर्ने खालको अवस्था नरहेको विज्ञहरु बताउछन् ।

नेपाल राष्ट्र बैंकले कर्जाको प्रोभिजनिङमा केहि खुकुलो नीति लिएका कारण अझै घट्न सक्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको मौद्रिक समिक्षा मार्फत पास लोनमा कर्जा नोक्सानी १.३०% वाट घटाएर १.२५% मा झारिएको छ । यसले बैंकहरुको मुनाफाका साथै खराव कर्जाको मूल्याङ्कनमा पनि मद्दत गरेको छ ।

तीन सरकारी बाणिज्य बैंकहरुले खराव कर्जामा उल्लेखनीय सुधार गर्न सफल भएका छन् । एक महिना अगाडी औषतमा ४.०६ प्रतिशत रहेको खराव कर्जा भदौ महिनामा १.२८ प्रतिशत विन्दुले घटेर २.७८ प्रतिशतमा झरेको छ । जसमा नेपाल बैंकको ४.१६ प्रतिशतबाट २.८५ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकको ३.८८ प्रतिशतबाट २.९४ प्रतिशत र कृषि विकास बैंकको ४.२ प्रतिशतबाट २.४८ प्रतिशतमा झरेको छ । सर्वाधिक ठुलो बाणिज्य बैंक ग्लोबल आइएमईले पनि ०.८८ प्रतिशत विन्दुबाट ३.०८ प्रतिशतमा झार्न सफल भएको छ । त्यस्तै नविल बैंकले ०.६७ प्रतिशतबाट ३.२० प्रतिशतमा झारेको छ ।

बैंकहरुको व्याजदर उच्च हुँदा गएको वर्ष खराव कर्जाले चरम सिमा नाघेको थियो । यस वर्ष बैंकिङ तरलतामा सहजता आए सँगै व्याजदरमा खासै नघटे पनि बढ्न सकेको छैन । अधिकाम्स बैंकहरुले निक्षेप सँग सँगै कर्जाको व्याजदरमा पनि थोरैले घटाएका छन् । व्याजदर घट्दा ऋणीहरुलाई केहि राहत पुग्नेछ । यसले पनि खराव कर्जा बढ्नलाई रोकेको छ ।

गएको वर्ष मेडिकल व्यवसायी दुर्गा प्रसाईले पुर्वमा कर्जा भुक्तानी नगर्ने अभियान नै चलाए । यसले गर्दा व्यवसायीहरुले उनको आन्दोलनलाई साथ दिदै कर्जाको व्याज र किस्ता भुक्तानीमा आनाकानी गरे । तर व्यवसायीहरुले जस्ता सुकै आन्दोलन गरे पनि उनिहरुले लाखौ निक्षेपकर्ताको निक्षेपबाट प्राप्त गरेको कर्जा भुक्तानी नगर्ने छुट पाउदैनन् । सुरु सुरुमा लहडमा कर्जा भुक्तानी गर्न आनाकानी गरे पनि अन्तत उनिहरुले बाध्यभएर कर्जाको व्याज भुक्तानी गर्न सुरु गरिसकेका छन् ।

यस बाहेक व्यवसायीहरु आर्थिक मन्दीको चपेटामा छन् । आर्थिक मन्दीको नकारात्मक प्रभाव विस्तारै कम हुन थालिसकेको छ । विश्व अर्थतन्त्रको क्षणिक प्रभाव नेपालमा परे पनि छिमेकी मुलुक भारतको अर्थतन्त्र बढ्दो क्रममै छ । नेपालको अर्थतन्त्र भारतको अर्थतन्त्र सँग प्रत्यक्ष रुपमा जोडिने भएकाले विश्वकै आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव भने पर्न सकेको छैन । भारतको अर्थतन्त्रमा सुधार हुँदै गर्दा नेपालको अर्थतन्त्रमा पनि केहि न केहि सकारात्मक प्रभाव पर्छ । यसले गर्दा पनि आगामी दिनमा नेपालले ठुलो आर्थिक मन्दीको नकारात्मक प्रभावलाई सामाना गर्न नपर्ने विज्ञहरु बताउछन् ।

बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न नसके पनि पुराना कर्जालाई विग्रिन दिइरहेका छैनन् । अहिले अधिकाम्स बैंकहरुको ध्यान कर्जाको रिकभरी तथा निरन्तरतामा छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया