Nepal Life

अर्थमन्त्रीका राजस्व सल्लाहकारमा एफसिए भोजन अर्याल नियुक्त, १६ खर्ब राजस्व लक्ष्य

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 14 12:34
अर्थमन्त्रीका राजस्व सल्लाहकारमा एफसिए भोजन अर्याल नियुक्त, १६ खर्ब राजस्व लक्ष्य

काठमाडौं, ३० असार — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व व्यवस्थापन तथा संकलनलाई प्रभावकारी बनाउन एफसिए (FCA) भोजन अर्याललाई आफ्नो अवैतनिक राजस्व सल्लाहकार नियुक्त गरेका छन्।

Nepal Life
NIMB

सोमबार मन्त्रीस्तरीय निर्णयमार्फत अर्याललाई राजस्व क्षेत्र हेर्ने जिम्मेवारीसहित अवैतनिक सल्लाहकारमा नियुक्त गरिएको हो।

नियुक्तिपछि अर्थमन्त्री डा. वाग्लेले सरकारले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य हासिल गर्न अर्यालको विज्ञता, अनुभव र दक्षताबाट इमानदारीपूर्ण सुझाव तथा प्रभावकारी भूमिका रहने अपेक्षा व्यक्त गरे।

उनले राजस्व प्रशासनलाई थप सुदृढ, पारदर्शी र परिणाममुखी बनाउन नीतिगत तथा प्राविधिक तहमा आवश्यक परामर्श प्राप्त हुने विश्वास पनि व्यक्त गरे।

नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीले आफूलाई दिएको विश्वासलाई आफ्नो व्यावसायिक दक्षता र अनुभवमार्फत परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए।

स्याङ्जा स्थायी घर भएका अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण, कर परामर्श तथा वित्तीय व्यवस्थापनसम्बन्धी सेवामा सक्रिय रहँदै आएका छन्। उनले विभिन्न निजी तथा संस्थागत निकायलाई लेखापरीक्षण र वित्तीय परामर्श सेवा प्रदान गर्दै आएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया