NIMB Header 2
Prabhu Mahalaxmi

जलविद्युत् क्षेत्रमा लगानी बढाउन ‘ग्रीन बण्ड’ र एक्सचेन्ज ट्रेडेड फण्ड ल्याइने

United Ajod
  • BFIS News
  • 2026 Jul 15 14:51
जलविद्युत् क्षेत्रमा लगानी बढाउन ‘ग्रीन बण्ड’ र एक्सचेन्ज ट्रेडेड फण्ड ल्याइने
IME LIFE

काठमाडौं। सरकारले नवीकरणीय ऊर्जा तथा जलविद्युत् आयोजनामा दीर्घकालीन लगानी परिचालनलाई प्राथमिकता दिँदै पुँजी बजारमार्फत आवश्यक लगानी जुटाउने नीति अघि सारेको छ।

Nepal Life
NIMB

हालै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीतिअनुसार नवीकरणीय ऊर्जा र जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पूँजी पुँजी बजारका विभिन्न वित्तीय उपकरणमार्फत परिचालन गरिने व्यवस्था गरिएको छ।

नीतिअनुसार जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जा आयोजनामा लगानी आकर्षित गर्न ‘ग्रीन बण्ड’ लगायत वातावरणमैत्री वित्तीय साधनहरूको विकास गरिनेछ। यसबाट दिगो विकासलाई प्रवर्द्धन गर्नुका साथै दीर्घकालीन लगानीका स्रोत विस्तार गर्ने लक्ष्य लिइएको छ।

यस्तै, लगानीकर्तालाई लगानीको विविधीकरण गर्ने अवसर उपलब्ध गराउने र जलविद्युत् क्षेत्रमा सामूहिक लगानीको वातावरण सिर्जना गर्न एक्सचेन्ज ट्रेडेड फण्ड (ETF) सञ्चालनमा ल्याउने योजना पनि नीतिमा समावेश गरिएको छ।

सेबोनले यी व्यवस्थामार्फत पुँजी बजारलाई उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्दै हरित अर्थतन्त्र प्रवर्द्धन, दिगो पूर्वाधार विकास तथा संस्थागत तथा सर्वसाधारण लगानीकर्ताको सहभागिता विस्तार गर्ने उद्देश्य राखेको जनाएको छ।

विशेषज्ञहरूका अनुसार ग्रीन बण्ड र एक्सचेन्ज ट्रेडेड फण्डजस्ता वित्तीय उपकरणको विकासले जलविद्युत् क्षेत्रमा लगानीका नयाँ विकल्प सिर्जना गर्नुका साथै दीर्घकालीन पूँजी परिचालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया