सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो, २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार
- BFIS News
- 2026 Jul 16 12:00
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन यसको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम रहेको थियो।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला २ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ९० रुपैयाँले सस्तो हुँदै ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया