सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ४२ जनालाई रोजगारीको अवसर
- BFIS News
- 2026 Jul 17 16:38
काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि योग्य, गतिशील र कार्यक्षम नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। कम्पनीले कूल ४२ जनालाई विभिन्न शाखा तथा केन्द्रीय कार्यालयमा राख्ने घोषणा गरेको हो।
इन्स्योरेन्स कम्पनीले जारी गरेको विज्ञापन अनुसार मार्केटिङतर्फ ‘जुनियर असिस्टेन्टदेखि सिनियर असिस्टेन्ट’ पदमा ३० जना कर्मचारी माग गरिएको छ। यो पदका लागि स्नातक उपाधिलाई प्राथमिकता दिइनेछ भने इन्स्योरेन्स, बैंकिङ, एफएमसीजी वा बहुराष्ट्रिय कम्पनीमा काम गरेको अनुभव थप विशेषता हुनेछ। साथै, दुई पाङ्ग्रे सवारी साधन र सवारी चालक अनुमतिपत्र अनिवार्य रहेको उल्लेख छ।
त्यस्तै, ‘जुनियर अफिसर–मार्केटिङ’ पदमा ५ जनाको माग गरिएको छ। यसका लागि स्नातक उपाधिसहित इन्स्योरेन्स, बैंकिङ, एफएमसीजी वा बहुराष्ट्रिय कम्पनीमा कम्तीमा ३ वर्षको कार्यअनुभव आवश्यक रहेको कम्पनीले जनाएको छ।
इन्जिनियरिङतर्फ ‘अफिसरदेखि डेपुटी म्यानेजर (सिभिल इन्जिनियरिङ–दाबी)’ पदमा ३ जना मागिएको छ। यसका लागि सिभिल इन्जिनियरिङमा स्नातक उपाधिसहित सडक, पुल, भवन, जलविद्युत्लगायत पूर्वाधार आयोजनामा ३ देखि ५ वर्षको काम गरेको अनुभव अनिवार्य छ।
स्वास्थ्य क्षेत्रतर्फ ‘जुनियर अफिसरदेखि सिनियर अफिसर (मेडी हेल्थ–दाबी)’ पदमा १ जना आवश्यक छ। यसका लागि फार्मेसी, प्याथोलोजी, नर्सिङ, एमबीबीएस वा सम्बन्धित विज्ञान विषयमा स्नातक र अस्पताल, फार्मेसी वा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव माग गरिएको छ।
त्यस्तै, ‘सिनियर असिस्टेन्ट–एक्चुरियल एनालिस्ट’ पदका लागि १ जना चाहिन्छ। यस पदमा एक्चुरियल साइन्स, गणित, तथ्यांक, अर्थशास्त्र, वित्त वा सम्बन्धित क्षेत्रमा स्नातक अध्ययनरत उम्मेदवारलाई प्राथमिकता दिइनेछ। सीएस१, सीएम१, सीएस२, सीबी१ र सीबी२ पेपर उत्तीर्ण गरेकालाई विशेष प्राथमिकता हुनेछ।
सूचना प्रविधितर्फ ‘जुनियर असिस्टेन्ट–आइटी’ पदमा १ जना माग गरिएको छ, जसका लागि आइटी, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ वा सम्बन्धित विषयमा स्नातक अध्ययनरत उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
ब्रान्डिङतर्फ ‘सिनियर असिस्टेन्टदेखि जुनियर अफिसर’ पदका लागि १ जना आवश्यक छ। यसका लागि मार्केटिङ, व्यवसाय प्रशासन, जनसञ्चार, सार्वजनिक सम्बन्ध वा सम्बन्धित विषयमा स्नातक उपाधिसहित सामाजिक सञ्जाल व्यवस्थापक र सामग्री सिर्जनाकर्ताको रूपमा कम्तीमा २ वर्षको अनुभव हुनुपर्नेछ।
इच्छुक उम्मेदवारहरूले siddharthapremier.rigojobs.com मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति सन् २०२६ जुलाई २९ रहेको छ।
कम्पनीले सम्पूर्ण विस्तृत कार्यविवरण तथा योग्यता आवेदन पोर्टलमा उपलब्ध रहेको र छनोटमा परेका उम्मेदवारलाई मात्र सम्पर्क गरिने जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)











प्रतिक्रिया