NIMB Header 2
Nepal Life

सरकारको बजेटसँग तालमेल गर्ने गरी ल्याइयो मौद्रिक नीति, सबै समस्या राष्ट्र बैंकले समाधान गर्न सक्दैन : गभर्नर पौडेल

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Jul 20 11:35
सरकारको बजेटसँग तालमेल गर्ने गरी ल्याइयो मौद्रिक नीति, सबै समस्या राष्ट्र बैंकले समाधान गर्न सक्दैन : गभर्नर पौडेल
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सरकारको बजेट तथा नीतिगत प्राथमिकतालाई सहयोग पुग्ने गरी तयार गरिएको बताएका छन्। उनले मौद्रिक नीतिको उद्देश्य वित्तीय तथा मौद्रिक स्थायित्व कायम गर्दै सरकारको आर्थिक नीति कार्यान्वयनमा सहजीकरण गर्नु रहेको स्पष्ट पारे।

Nepal Life
NIMB

काठमाडौंमा आयोजित मौद्रिक नीतिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले विगतमा वार्षिक बजेटभन्दा मौद्रिक नीताप्रति अत्यधिक अपेक्षा राख्ने प्रवृत्ति रहेको उल्लेख गरे। उनले राष्ट्र बैंक एक्लैले अर्थतन्त्रका सबै समस्या समाधान गर्न नसक्ने भन्दै जनकल्याणसँग सम्बन्धित धेरै विषय सरकारको नीतिगत दायराभित्र पर्ने बताए।

उनले मौद्रिक नीति निर्माण प्रक्रियामा यस वर्ष गोपनीयता प्रभावकारी रूपमा कायम राखिएको पनि उल्लेख गरे। अघिल्ला वर्षहरूमा नीति सार्वजनिक हुनुअघि विभिन्न विवरण बाहिरिने गरेको भए पनि यसपटक आधिकारिक सार्वजनिक हुनुअघि कुनै पनि जानकारी बाहिर नआएको उनले बताए।

कार्यक्रममा पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले यस वर्षको मौद्रिक नीति विगतको तुलनामा बढी लक्षित र केन्द्रित रहेको टिप्पणी गरे। उनका अनुसार नीति सबै समस्यालाई एकैपटक सम्बोधन गर्ने प्रयासभन्दा तीनवटा मुख्य क्षेत्रमा केन्द्रित गरिएको छ, जसले यसको कार्यान्वयनलाई थप व्यावहारिक बनाउने अपेक्षा गरिएको छ।

थापाले केही पक्षले व्यापक राहतको अपेक्षा गरे पनि प्रत्येक वर्ष ऋण पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दै जानु मात्रै दीर्घकालीन समाधान नहुने बताए। उनले दिगो उद्यमशीलता विकासका लागि राष्ट्र बैंकले कर्पोरेट पुनर्संरचनालाई पनि प्राथमिकतामा राखेर आवश्यक नीतिगत पहल गर्नुपर्ने सुझाव दिए।

उनका अनुसार आर्थिक क्षेत्रको दिगो सुधारका लागि ऋण व्यवस्थापनसँगै संस्थागत तथा कर्पोरेट संरचनामा सुधार आवश्यक छ। यसले निजी क्षेत्रलाई थप सक्षम र प्रतिस्पर्धी बनाउँदै दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया