Nepal Life

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्दै , धितोपत्र बोर्डमा दियो निवेदन

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Sat 06:05
सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्दै , धितोपत्र बोर्डमा दियो निवेदन
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न  नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा असार ८ गते निवेदन दिएको हो ।

NIMB

विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । 

सेबोनबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाएपछि कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया