जागिर लगाइदिने भन्दै ५ लाख घुस लिएको आरोपमा कपिलवस्तु गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- BFIS News
- 2026 Jul 30 16:02
काठमाडौं, साउन १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले गाउँपालिकामा जागिर लगाइदिने बहानामा ५ लाख रुपैयाँ घुस लिएको आरोपमा बिहीबार विशेष अदालत, काठमाडौंमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने ‘न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम’का लागि निकालिएको पेस्की रकम नै घुसका रूपमा प्रयोग गरिएको पाइएको छ।
अनुसन्धानका क्रममा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएका तत्कालीन एमआईएस अपरेटर कहारले ६ लाख रुपैयाँ पेस्की लिएको र उक्त रकम खातामा आएलगत्तै ५ लाख रुपैयाँ उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिदिएको खुलेको आयोगले जनाएको छ।
कार्यक्रम सञ्चालनका लागि पेस्की लिए पनि कुनै काम नगरी आपसी मिलेमतोमा उक्त रकम घुस/रिसवतका रूपमा लेनदेन गरिएको आयोगको आरोप छ। अनुसन्धानबाट कहारले कार्यालय सहयोगीको नाममा चेक काटेर चौधरीको खातामा ५ लाख रुपैयाँ जम्मा गरेको पुष्टि भएको आयोगले उल्लेख गरेको छ।
अख्तियारले दुवै प्रतिवादीविरुद्ध जनही ५ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगोबमोजिम जरिवानाको माग गरेको छ। साथै, घुसबापत लिइएको ५ लाख रुपैयाँ जफत गर्न अदालतसँग मागदाबी गरिएको आयोगले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया